स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

पाेखरा | असोज ३१, २०७९

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

 

पोखरा । गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् । 


सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । सो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते । उनले सातौ, आठौंमासमेत स्वर्ण पदक जितेका थिए । 


निकै प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे । तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते । 


दोस्रो पटक हार व्यहोरेका सिम्हाले रजत पदक प्राप्त गरे । भने बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते । 


पुरुषतर्फ टिम इभेन्टका खेल सोमबार बेलुकीबाट हुने स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीले बताए । उनका अनुसार २ विभागीय टोली र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ । 
 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

थप पढ्नुहोस्